आफ्नै मुटु आज धेरै पर पठाएछु मैले
दिलको घाउ दुख्दा पनि खटाएछु मैले
! !
व्यार्थै कसैलाई मुटुमा सजाएछु मैले
उपहारमा अनमोल आँसु कमाएछु मैले
! !
कसैले माला लगाएर नयाँ जीवन पाए
माला लगाएपछि पो मुक्ति पाएछु मैले
! !
फूल कोमल छ अनि पवित्र पनि लाग्छ
त्यही फूलबाट नै सधैँ चोट खाएछु मैले
! !
दीयो अनि बातीको जस्तै रहेछ सम्बन्ध
तिमी बल्छ्यौ , म जलेरै सघाएछु मैले
! !
बाटोमा भेट्दा खेरी नझुक्किनु प्रिया तिमी
तिम्रो विहेपश्चात् "योगी"वस्त्र लगाएछु मैले
No comments:
Post a Comment