गजल
बिस्तारै-बिस्तारै जुनेली रात ढल्किदै थियो
उनको मुहारमा बैंसको लाली झल्किदै थियो
! !
उनले त मात्र मलाई 'इ' अधरमा चुमेकी थिईन्
थाहै छैन कहाँ -कहाँ आगो सल्किदै थियो
! !
बिन्ति खुल्ला नछोड्नु त्यो ढाडे बिरालोलाई
दूध पिलाएँ मैले तर, ऊ हड्डिमै पल्किदै थियो
! !
जानिले त, ल बस्नुस् है भन्दै डोलीमा चढेर गै
के थाहा जानेलाई क-कस्को छाती बल्किदै थियो
! !
म तपाईँलाई कदाचित् बिर्सिन्न भन्ने मित्रहरू हो
"योगी" बाटो लाग्दा कस्को आँसु छल्किदै थियो ?
! !
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment