Tuesday, 30 July 2019

गजल

नथाकून् ती तिम्रा पुगून् पाउमाथि
सदा दाउ  लागोस् अझै दाउमाथि
! !
सधैँ जाल थापेँ  फसेनन् ती चल्ला
नजर डुल्न थाल्यो पुन: माउमाथि
! !
परैबाट  मौका    नहेर्नुस्      तपाईँ
पिरो दल्नु  आई  छिटो  घाउमाथि
! !
छ भाग्य भनेको  थिइस्  प्रिय मित्र
चढी  प्वाल  ठूलो  बना  नाउमाथि
! !
कति दु:ख दिन्छाै सडक बन्द गर्दै ,
तिमी शैल चढ्छाै भने अाऊ माथि

Friday, 26 July 2019

स्वतंत्र गजल

म   तिम्रै भर  पर्छु भनिन् नाई भन्न गाह्रो भयो
आजै दिलमा सर्छु भनिन् नाई भन्न गाह्रो भयो
! !
तिमी बेसीमा म लेकमा भेटघाट कम हुने गर्छ
भोली  त्यतै  झर्छु भनिन् नाई  भन्न गाह्रो भयो
! !
बल्ल-तल्ल बैसालू गफ चलेको थियो फोनमा
भोली कुरा गर्छु है भनिन् नाई भन्न गाह्रो भयो
! !
लिन आउनुस् है  अल्लि वर साँझ पर्यो भने,
खहरे खोला तर्छु भनिन् नाई भन्न गाह्रो भयो
! !
यस्सो टोलाएर के गरौँ भनि सोच्दै थिएँ म
बिहे नगरे मर्छु भनिन् नाई भन्न गाह्रो भयो

गजल बहर

फकाई पठाउनू लाला र बाला
सधैँ ज्ञान मिल्छ सही पाठशाला
! !
डुली हिड्छ छोरा तिमी मौन बस्छ्यौ
कुरा काट्छ सबको निको हुन्न चाला
! !
नराम्रो  छ छाँट  नसम्झाऊ धेर
भुली पढ्न छोरी रगाइ बस्छे गाला
! !
जमाना फेरियाे भन्याै सत्य रैछ
न सिन्दूर देख्छु चुरापाेते माला
! !
छँदै छैन धन्दा सधैँ बन्द गेह
त्यसै तिमी प्रिया नलाउनू ताला

मुक्तक

"मुक्तक"

ढलाएर जाऊ न फुल्छ  न फल्छ
अभागीलाई भने उन्यूँ पनि चल्छ
प्राप्ति छैन  केही सधैँ  त्याग  मात्रै
तसर्थ प्रेम गर्दिनँ छाती मात्र जल्छ ।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार