फकाई पठाउनू लाला र बाला
सधैँ ज्ञान मिल्छ सही पाठशाला
! !
डुली हिड्छ छोरा तिमी मौन बस्छ्यौ
कुरा काट्छ सबको निको हुन्न चाला
! !
नराम्रो छ छाँट नसम्झाऊ धेर
भुली पढ्न छोरी रगाइ बस्छे गाला
! !
जमाना फेरियाे भन्याै सत्य रैछ
न सिन्दूर देख्छु चुरापाेते माला
! !
छँदै छैन धन्दा सधैँ बन्द गेह
त्यसै तिमी प्रिया नलाउनू ताला
No comments:
Post a Comment