Friday, 26 July 2019

स्वतंत्र गजल

म   तिम्रै भर  पर्छु भनिन् नाई भन्न गाह्रो भयो
आजै दिलमा सर्छु भनिन् नाई भन्न गाह्रो भयो
! !
तिमी बेसीमा म लेकमा भेटघाट कम हुने गर्छ
भोली  त्यतै  झर्छु भनिन् नाई  भन्न गाह्रो भयो
! !
बल्ल-तल्ल बैसालू गफ चलेको थियो फोनमा
भोली कुरा गर्छु है भनिन् नाई भन्न गाह्रो भयो
! !
लिन आउनुस् है  अल्लि वर साँझ पर्यो भने,
खहरे खोला तर्छु भनिन् नाई भन्न गाह्रो भयो
! !
यस्सो टोलाएर के गरौँ भनि सोच्दै थिएँ म
बिहे नगरे मर्छु भनिन् नाई भन्न गाह्रो भयो

No comments:

Post a Comment