Tuesday, 30 July 2019

गजल

नथाकून् ती तिम्रा पुगून् पाउमाथि
सदा दाउ  लागोस् अझै दाउमाथि
! !
सधैँ जाल थापेँ  फसेनन् ती चल्ला
नजर डुल्न थाल्यो पुन: माउमाथि
! !
परैबाट  मौका    नहेर्नुस्      तपाईँ
पिरो दल्नु  आई  छिटो  घाउमाथि
! !
छ भाग्य भनेको  थिइस्  प्रिय मित्र
चढी  प्वाल  ठूलो  बना  नाउमाथि
! !
कति दु:ख दिन्छाै सडक बन्द गर्दै ,
तिमी शैल चढ्छाै भने अाऊ माथि

No comments:

Post a Comment