मुक्तक
न त हिरामोती न त सुन माग्यौ, ठीकै गर्यौ भनि बसेँ
न त सगरका तारा जुन माग्यौ, सधैँ खुशी बनि बसेँ
आखिर साइनो अन्तै जोड्नु रै'छ, मेरो मुटु फोड्नु रै'छ
र त बलिदान भन्दै खुन माग्यौ, गर्धन झुकाई म नि बसेँ ।।
छुरा बोकी भेट्न आयौ, हाँसी-हाँसी स्वागत गरेकै छु
यता नाता मेट्न आयौ, हुन्न हुन्न भन्दै पर पर सरेकै छु
पाए पछि अन्त कोही किन बस्थ्यौ यो दुखिको घरमा रोई
मेरो गर्धन रेट्न आयौ, र पनि ओठमा हाँसो म भरेकै छु ।।
प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment