गजल
रहर यसै सिमित रहे, सपना सबै टुटी गए
साख्य बने हिजो मात्र आज खुशी लुटी गए
! !
समाएथे हात यि कसैले सँगै सफर गरौँ भन्दै
दु:खको पीरमा पिसिदा म पलभरमै छुटी गए
! !
बल्ल-तल्ल टुक्रा मुटु जोड्ने कोशिश गर्दै थिएँ
प्रेम बियोग बज्र खस्दा जुट्न नपाई फुटी गए
! !
अब रुन्न भन्थेँ निष्ठूरीको यादमा सधैँ एकान्तमा
अतित भुल्न खोज्दा यादहरुले मलाई चुटी गए
! !
थिए दिलमा बसेका कोही खास मित्रहरू धेरै
खुशी लुटी दु:खको घानमा मिसाई भुटी गए
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment