मुक्तक
न त कहिल्यै झर्कि बसेँ तिमी रुष्ठ हुँदा पनि
न त म उता फर्कि बसेँ आँसुले गह धुँदा पनि
समाजमा निक्कै गनायौ खुब उत्सव मनायौ
बरु म नै सुनपानी छर्कि बसेँ तिमीले छुँदा पनि ।।
भयो पुग्यो निष्ठूरी अब पुर्णिमाको रात चाहिदैन
मनलाई तनाव दिने प्रेम पत्रहरुको खात चाहिदैन
म प्रेम वियोगमा यदि कतै ढले भने वास्ता नगर्नु
बरू मर्न तयार छु तर फूल बोकेको हात चाहिदैन ।।
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment