Monday, 16 September 2019

मुक्तक

"मुक्तकहरू"


सार्नै मन छ भने प्रेमको विरुवा सार्दा हुन्छ म केही बोल्दिनँ
बार्नै  मन  छ  भने सम्बन्धलाई बार्दा हुन्छ म मुख खोल्दिनँ
तिम्रो सुन्दर संसारमा यदि म  तगारो बनेको छु भने प्यारी
मार्नै मन छ भने मलाई  आजै  मार्दा हुन्छ तर दुश्मनी मोल्दिनँ ।।


प्रत्येक ढुकढुकिले सधैँ भरी बोलाइरहे तिमी आउँदै आइनौ
तिमी आउने बाटोमा यि आँखा टोलाइरहे कुनै संन्देश पठाइनौ
मुर्छित भएर एक्लै ढल्दा प्रेम बियोगमा बारम्बार म जल्दा
अन्तिम पलमा नयनहरू लोलाइरहे मायाले हात मेरा समाइनौ


पहिल्यै हुन्न भन्दै लखेटि दिएको भए हुन्थ्यो बिच सफरमा छोड्नु पुर्व:
सम्झौताको  लागी भेटि  दिएको भए हुन्थ्यो एक्कासि नाता तोड्नु पुर्व:
धन दौलत चाहिन्न अन्त माया लाइन्न भन्नेको घरबार भएको देखेँ आज
बरू तिमीले घाँटी मेरो रेटिदिएको भए हुन्थ्यो अन्त सम्बन्ध जोड्नु पुर्व :

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment