गजल
खबर के छ सुनाउनुस् सुन्न आतुर छु
म त प्रेम वियोगमा परि चक्नाचुर छु
! !
न त खाना रुच्छ न त निद्रा नै लाग्छ
प्रिय! तिम्रो यादले गर्दा एकसुर छु
! !
किचकिच गर्छौ आफ्नो औकात भूलि
मैले औकात भूलौन मात्र कति झुर छु
! !
फूल बोकेर नआउनुस् अब कसैलेनि
धोकाबाट बच्न भनि म निक्कै दूर छु
! !
तिमी छुरा देखाउछौ मलाई तर्साउन
थाहा छ छुरा हान्न म कति धुरन्धुर छु
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment