गजल
कस्तो वचन छुट्यो अचानक अधरबाट
तप्प आँसु चुहिएको छ आज नजरबाट
! !
छोरो बिग्रियो भनि बा'कराउछन् सधैँ
के शिक्षा सिकोस् त जुवाडेको घरबाट
! !
मुर्ति बन्ने थिएन सायद बगरको ढुङ्गा
यदि भाग्थ्यो भने दूर घनको डरबाट
! !
उस्को बारेमा केही बताउन भन्छ मित्र
म त बेखबर छु बर्षौ देखि खबरबाट
! !
म निष्ठूरी हुँदै हैन चाहे जे सुकै सोच्नुस्
मात्र झुट बोल्न सिकेँ हजुरकै सहरबाट
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार