कहाँ टुङ्गिने हुन् सफर जिन्दगीको
पुरा हुन्छ हुन्नन् रहर जिन्दगीको
! !
यही पाउमा लाग्छ ठक्कर अनेकौं
त्यसैले त लाग्दैन भर जिन्दगीको
! !
लुकाएर पीडा जिए कत्ति जिउँला
खुसी राख्न तिम्रो अधर जिन्दगीको
! !
कतै दुख्न पाएँ हलुङ्गो हुनेथें
पखाली नयनले असर जिन्दगीको
! !
रह्यो यत्ति बाँकी तिमीले सम्हाल्न
खबर बन्नु है बेखबर जिन्दगीको
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment