गजल
तिमी मुस्कुराउँदा सगर खुल्छ मुस्कुराऊ
मरूभूमिमा पनि पुष्प फुल्छ मुस्कुराऊ
! !
कहाँ हिड्यौ मुस्कुराउँदै यतै बसे राम्रो छ
जहाँ बस्यौ त्यही भमरा डुल्छ मुस्कुराऊ
! !
सौन्दर्य कहाँ छ खै त्यो सगरको जूनमा
तिम्रो रुपमा सारा जगत झुल्छ मुस्कुराऊ
! !
खबर भन्न आलटाल नगर प्रिय बहानामा
त्याँ के छ यहाँ आँसुको मूल छ मुस्कुराऊ
! !
बौलाहा मनको औषधि केही पाइन मैले
तिम्रो मीठो बोलीमा मन भुल्छ मुस्कुराऊ
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment