Friday, 1 January 2021

गजल

गजल 

खुबै  चर्चा भा'छ  सहरमा हजुरको
साच्चै जादु रै'छ  अधरमा हजुरको
! !
एक्क पटक हेर्दैमा  मोहित बनाउने
के  छ  खै त्यस्तो  नजरमा हजुरको
! ! 
हुन्न  भन्दै  जै'ले टार्नु हुन्छ हामीलाई
साच्चै भन्नु  को  छ र भरमा हजुरको  ?
! !
मन्दिर जानु भो गरीबलाई गाली गर्दै 
कस्तो आस्था त्यो पत्थरमा हुजुरको
! ! 
गुलाब काटेर सिउडी  रोप्न थालेपछि
कहाँ बहार आउला र घरमा हजुरको
! ! 
सर्वश्व छोडी योगी यसैले मौन बस्छन्
सहयात्री बन्न नसकि सफरमा हजुरको

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment