Monday, 25 January 2021

गजल

गजल 



कस्तो वचन छुट्यो अचानक अधरबाट
तप्प आँसु चुहिएको छ आज नजरबाट
! !
छोरो  बिग्रियो  भनि बा'कराउछन् सधैँ 
के शिक्षा सिकोस् त जुवाडेको घरबाट
! ! 
मुर्ति बन्ने थिएन सायद  बगरको ढुङ्गा 
यदि भाग्थ्यो भने दूर   घनको डरबाट
! !
उस्को बारेमा केही बताउन भन्छ मित्र
म  त बेखबर छु बर्षौ  देखि  खबरबाट
! ! 
म निष्ठूरी हुँदै हैन चाहे जे सुकै सोच्नुस्
मात्र झुट बोल्न सिकेँ हजुरकै सहरबाट


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment