Wednesday, 16 February 2022

गजल

गजल


भएको छ दिल भित्र मनखत हजुरको
कसो  प्यार  नहोला छ सङ्गत हजुरको
! ! 
अधरमा छ  हाँसो नयन छन्  शिकारी
अझै के-के छन् सुन्छु आदत हजुरको
! ! 
दुई  ओठ   टोकी   नहेर्नूस्   म   हारेँ
लुक्यो जून  देखेर  हिक्मत  हजुरको
! ! 
भयो चाहिँदैनन्  अतितका कुनै  चिज
विगत सम्झिँदा हुन्छ भतभत हजुरको
! ! 
विचार मात्र राख्दा रिसायो नसोच्नुस् 
खुबै मन  परेको  छ   हर्कत  हजुरको


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल:- दोहा कतार

गजल

बहर :- मुतकारिब मुसम्मन सालिम
अर्कान :- १२२×४
गजल

बुझेँ    निष्ठुरीको    कहाँ  दिल हुनेछ 
जहाँ दिल छ दुख्ने त्यहाँ खिल हुनेछ
! ! 
कसैले     धकेल्दै   बगरमा    पुरायो 
बिना दिल उसैलाई   मुस्किल  हुनेछ
! ! 
कहाँ राख्नु त्यो प्यार दिलमा छ  घाउ
नयन माझ झन् आँसु टिलपिल हुनेछ
! !
सधैँ    गर्जि    दे   न   बादल सगरमा 
बगरको  छुट्या   प्यार  हाँसिल हुनेछ
! ! 
भौतारिन्न प्यारी गलत  सोच्न छोड्नु
कुवाको  कुलो   मात्र मञ्जिल हुनेछ


प्रकाश पाठक "योगी"
भरतपुर चितवन 
नेपाल
हाल :- दोहा कतार 

गजल

पिता परमेश्वर हुन् पिता गुरु मेरो
पिताबाटै   जगत   हुन्छ सुरु मेरो
! ! 
दुई शब्द केही बोलिदिनुस् बिन्ति
सम्झनामा रोयो  मन धुरुधुरु मेरो
! ! 
मृत्युसँगै सफर गर्दैछु भनेको सुन्दा
चरी  जस्तै उड्दैछ  मन भुरुरु मेरो
! ! 
कफनको भारीलाई उठाउन सकिनँ
नभन्नुस बा  पछि हिँड लुरुलुरु मेरो
! ! 
यसर्थ मन्दिरबाट दोबाटोमा पुगिस्
दैव तैँले काम गरिनस खुरुखुरु मेरो

गजल

बारम्बार दिल   टुट्दा  प्यारबाट
बेखबर बन्ने  मन भो घरबारबाट
! ! 
आउ कोही जहर पिलाएर  जाउ
उनि बिना बाँचू  कुन आधारबाट
! !
घमंडको कमि कहाँ  हो र म मा
मात्र प्रेमको युद्ध हारेँ विचारबाट
! ! 
आगो आगोमै बलेर समाप्त भयो
टाढा बसेन कहिले अहङ्कारबाट
! ! 
एक मुस्कान काफी प्राण हर्नलाई
मार्ने इच्छा किन भो  औजारबाट? 
! !


प्रकाश पाठक "योगी"

मुक्तक

मुक्तक

राखेर मनमा पाप    भलाद्मी   बन्ने धेरै छन्
समिप राम्रो पछाडी  खाडल  खन्ने धेरै छन्
व्यर्थै नाता चर्किएला  मित्र आज झर्किएला
सोचेर गोबरलाई पनि माटो हो भन्ने धेरै छन् ।।

मुक्तक

राखेर मनमा पाप    भलाद्मी   बन्ने धेरै छन्
समिप राम्रो पछाडी  खाडल  खन्ने धेरै छन्
व्यार्थै नाता चर्किएला मित्र आज झर्किएला
सोचेर गोबरलाई पनि माटो हो भन्ने धेरै छन् ।।

मुक्तक

बढ्छ ढुकढुकी केही विशेष थियो भन्न गाह्रो भो
दु:ख सुखको सहयात्री  अब भने  बन्न गाह्रो भो 
उपहार स्वरुप रातो बाकस आउछ तिम्रो नाममा
नभन्नु प्रिय, तिम्रो नामको चिहान खन्न गाह्रो भो ।।

मुक्तक

यस्तै रैछ मन  सधैँ रुँदै   सम्हाल्नै पर्ने रै'छ
ब्यथाका भारी बोकी  पाउ चाल्नै  पर्ने रै'छ
तिमीसँग सम्बन्ध गाढा छ भनि नहुने क्यारे
मरे त  सड्छ लाश र त परै फाल्नै पर्ने रै'छ ।।


हिन्दी

आज हिन्दी में

चलता रहा सिलसिला आना  जाना तेरा
दिलको मुस्किल हो गया मुस्कुराना तेरा
! ! 
गुस्ताखी माफ करना यूँ हीं छेड्ता हूँ तुजे
हबहूत पसंद है गुलाबी  होठका ना ना तेरा
! ! 
कम्वख्त  दिलको प्यार कोही करता नहीं 
चाहतें तो हम भी हैँ वो हात दबाना तेरा
! ! 
जाहिर कर दिया दिलकि बात हम ने तो
क्या क्या छुपा दिल में राज बताना तेरा
! ! 
बादल मुझको छोडकर चले जानेके बाद
हुआ होगा जिन्दगीका सफर सुहाना तेरा
! ! 
छुपता हैं तुझे देखकर चाँद हम  क्या है ? 
दिलका गुजारिश थोडा श्रृंगार घटाना तेरा
! ! 
अरे बुढे भी जवानीका दुआ माग्ने लगे है
सरक गया  हैं   दुपट्टा थोडा  उठाना  तेरा
! ! 
जरा सोच लेना रुकमणी बनेगी या राधा ? 
मैं तो हमेशा साथ रहूँगा बनके काना तेरा
! ! 
जा रहा हूँ मैं बता देना दिल मे कूछ हे तो
बादमे बरस न जाये  आँसू का दाना तेरा

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल 
हाल :- दोहा कतार

हिन्दी



इसारों इसारो से   हमें   लुभाता हे कोही
ख्वाबो खयालों मे हमेशा आता हे  कोही
! ! 
आँसु बनके बहजाएगा सम्भालो अभी से
दिलके टुकडे को आँखमे छुपाता हे कोही
! ! 
हम तो पत्थर थें जो रास्ते पे आते रहेते थे़
सोचो भुलकर  आग  से टकराता हे कोही
! ! 
पश्चातप होगा जब वक्त  निकल  जायगा
अरे ! दिलकी बात दिलमे दबाता हे कोही
! ! 

Dohaqatarprakash87