Thursday, 28 December 2017

कविता :- बाँढेर खाऊँ

कविता :- "बाँडेर खाऊँ"  

टन्टलापुरे घाम, चैतमास काम धन्धाहरु छैन,
खास गाउँभरिका बरालिएका कठै !  ती बेरोजगार युवाहरू....  
कोही गाई-बाख्रा चराउन हिँडे,
  कोही तासमा रमाउन हिँडे, 
कोही प्रेमिकालाई समाउन हिँडे, 
सबैको आ-आफ्नै पारा छ  कठै !  ती बेरोजगार युवाहरू...... 
कोही कता हिँडे,
कोही कता
न कुकुरको काम न फुर्सद
सबै मस्त भए,सबै व्यस्त भए
चैतमासको घाम युवाहरूको काम कठै ! ती बेरोजगार युवाहरू.....  
काले, गोरे, साने, ठूले, लुरे काइँला, माइला, साइला,  राइँला अनि थाइला मिली,  कोदाली, थाल, बाल्टी र डोको उठाएर लम्किए गन्तव्यमा कठै! ती बेरोजगार युवाहरू......  
काले र गोरे माटो ल्याउन हिँडे माइला र साइला कुलो खन्न थाले,  कोही के गर्न थाले कोही के गर्न  तर एकाएक सबै कार्य व्यस्त भए कठै ! ती बेरोजगार युवाहरू......   
मेहनत पसिना बगाएर,  आत्मबल जगाएर,  पानी फाले, पोखरी सुकाए,  यता पन्छाए, उता पन्छाए अहँ !  हात लागेन केही कठै! ती बेरोजगार युवाहरू.......  

आशाको दीप निभ्नै लाग्यो,  सबैलाई भोक जाग्नै लाग्यो,  यतिकै यौटा माछो उफ्रिएर आयो बिचरा! सबैको बल्ल आश जाग्यो कठै!  ती बेरोजगार युवाहरू..... 
समाए त्यो माछो थियो यौटा,  न हुन्छ मीठो झोल न चौटा,  खाऊँ भने कान्छा बाजेको मुहार नखाऊँ त दिनभरीको शिकार कठै!  ती बेरोजगार युवाहरू.....

   काले भन्छ म खान्छु  गोरे भन्छ म खान्छु माइलो भन्छ म लान्छु साइलो भन्छ सब्लाई हान्छु काइलो करायो कुनाबाट गर मात्र हल्ला हिजोको चल्ला कठै! ती बेरोजगार युवाहरू....  

टाउको-पुच्छर तीतो माझको छ मीठो अहो! कस्तो दोधार  भागमा हुन्छ अत्याचार  भाई भाई नै छन् गद्दार कठै! ती बेरोजगार युवाहरू..... 

जेठो र माइलो जुटेनन् अरू कोही उठेनन् सम्झौतामा जाने भए आखिर माछो कस्ले लाने भए कठै!  ती बेरोजगार युवाहरू.......  

अब सबैले मिलेर खाऊँ आऊ भाईहरू घरतिर जाऊँ गठबन्धन गर्दै बेस होला के नै रै'छ र मर्ने चोला कठै!  ती बेरोजगार युवाहरू......  

प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत

Tuesday, 26 December 2017

गजल प्यारीको झन्, बात उस्तै रात्रीको त्यो, मात उस्तै !! काखैमा छौ, प्यार गर्दै उन्माद् को त्यो रात उस्तै !! के खोज्यौ खै, खोतलेर चाली राख्यौ, हात उस्तै !! माया के हो, होश गर्नु फेरी मिल्ला, घात उस्तै !! साख्यै छन् ती देख्छु मैले हेर्नुस् नारी, जात उस्तै छन्द :- लोहोत्से गण :- म त गु गु सूत्र :- sss ssi ss विश्राम :- ४ अक्षरमा

गजल चलेको छ खेला, पियारी बजारमा भए लाख भेला, बटौली बजारमा !! सभासद् भनौदा, चुनाबै जितेछन् खुशी छन् ती चेला,त औधी बजारमा !! दया छैन केही, धनाढ्य भएछन् सुँगुरको छ मेला, बुझे ती बजारमा !! बुझेकै कहाँ छु, शहरको कुरा नै भएँ है म हेला, यहाँ यी बजारमा !! छु भोकै र नाङ्गै, परेँ है म खाते कसैले त देला, र केही बजारमा बहर :- मुतकारिब सूत्र :- १२२/१२२/१२२/१२२ विश्राम :- ६ अक्षरमा

Thursday, 14 December 2017

कविता :- म कवि के लेखौँ....? अँधेरी रातमा टुकीको धिप धिप उज्यालोको साहारा लिएर बर्षौ देखी मौन रहेको कलमलाई उठाउने जमर्को गर्दै गर्दा मानसपटलमा अनेकौं सोच एकाएक यता-उता ठोक्किन्छन्... के लेखौँ कसो लेखौँ अक्कमक्क पर्छ अलमल पर्छु दिमाग भन्छ, देशको परिस्थितिलाई समेटेर लेख, उखालेर फ्याकी दे भष्टाचार गर्नेहरूको जरा जमिनबाट, लुकेर बसेका बर्षौ पुराना इतिहासलाई खोतलेर लेख, सकुन्तला भाउजूको बलत्कार कसरी भयो खुलाएर लेख, बाऊले छोरीलाई किन यस्तो गर्यो..?, पोहोर भोट माग्दै आएका साईला दाइ किन फर्किएनन् गाउँ...? यथार्थ सबै खुलाएर लेख भन्दै छ तर..... तर दिल भन्छ हैन.... प्रेमिल ती जोडीहरूको कथा लेख, बाह्र हाते पटुकी, गुन्यो चोली, दौरा सुर्वाल,हटेर नयाँ आएका वस्त्रहरूको बारेमा लेख, आफ्नो कला-संस्कृती भुलेर पश्चिमी संस्कृतीमा रमाउनेको कथा लेख, गोरे दाइको विदेशमा फस्टाएको प्रेम कथाको बारेमा लेख, वैचारिक द्वन्द छ के लेखौँ भुकम्प पीड़ितको कथा लेखौँ की, बाढी पीड़ितको कथा लेखौँ की, भष्टाचारले रोएको देशको बारेमा लेखौँ की परदेशमा रोएको काले दाइभाइ र दिदीबैनीको कथा लेखौँ की, दाइको आशमा बसेकि माईली भाउजूको बारेमा लेखौँ की.... चारै तिरबाट गुहार भन्दैछन् हरेक चितत्कारले सहयोग मागिरहेकाछन्.... कस्को कथा लेखौँ....? कस्को पीडा सुनौँ....? म कवि के लेखौँ....?