"स्वतन्त्र गजल"
मन्द मन्द मुस्कान छर्दै आयौ दङ्ग परेँ म
सुस्त सुस्त मै तिर सर्दै आयौ दङ्ग परेँ म
कोशेली के ल्याइछौ र अति छ बसाएको
सुरा त्यो गिलासमा भर्दै आयौ दङ्ग परेँ म
केही भएको छैन मलाई भन्दा पनि मैले
हरेक अँगहरू जाँच गर्दै आयौ दङ्ग परेँ म
पर पन्छाएर मेरा, शरीरका सबै वस्त्र ती
सबै अँगको इज्जत हर्दै आयौ दङ्ग परेँ म
के खोज्यौ खोज्यौ आखिर म सँग तिमीले
मध्यरातमा टुकी बाली झर्दै आर्यौ दङ्ग परेँ म
No comments:
Post a Comment