Thursday, 14 December 2017
कविता :- म कवि के लेखौँ....? अँधेरी रातमा टुकीको धिप धिप उज्यालोको साहारा लिएर बर्षौ देखी मौन रहेको कलमलाई उठाउने जमर्को गर्दै गर्दा मानसपटलमा अनेकौं सोच एकाएक यता-उता ठोक्किन्छन्... के लेखौँ कसो लेखौँ अक्कमक्क पर्छ अलमल पर्छु दिमाग भन्छ, देशको परिस्थितिलाई समेटेर लेख, उखालेर फ्याकी दे भष्टाचार गर्नेहरूको जरा जमिनबाट, लुकेर बसेका बर्षौ पुराना इतिहासलाई खोतलेर लेख, सकुन्तला भाउजूको बलत्कार कसरी भयो खुलाएर लेख, बाऊले छोरीलाई किन यस्तो गर्यो..?, पोहोर भोट माग्दै आएका साईला दाइ किन फर्किएनन् गाउँ...? यथार्थ सबै खुलाएर लेख भन्दै छ तर..... तर दिल भन्छ हैन.... प्रेमिल ती जोडीहरूको कथा लेख, बाह्र हाते पटुकी, गुन्यो चोली, दौरा सुर्वाल,हटेर नयाँ आएका वस्त्रहरूको बारेमा लेख, आफ्नो कला-संस्कृती भुलेर पश्चिमी संस्कृतीमा रमाउनेको कथा लेख, गोरे दाइको विदेशमा फस्टाएको प्रेम कथाको बारेमा लेख, वैचारिक द्वन्द छ के लेखौँ भुकम्प पीड़ितको कथा लेखौँ की, बाढी पीड़ितको कथा लेखौँ की, भष्टाचारले रोएको देशको बारेमा लेखौँ की परदेशमा रोएको काले दाइभाइ र दिदीबैनीको कथा लेखौँ की, दाइको आशमा बसेकि माईली भाउजूको बारेमा लेखौँ की.... चारै तिरबाट गुहार भन्दैछन् हरेक चितत्कारले सहयोग मागिरहेकाछन्.... कस्को कथा लेखौँ....? कस्को पीडा सुनौँ....? म कवि के लेखौँ....?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment