मुतकारिब १२२×४
(अभ्यास )
नगदधन लिएर, पसेको शहर त्यो
लियो हर्ष आफैँ, भिरायो कहर त्यो
Π
पिलाऊ अधरको, बरू लाग्छ अमृत
भयानक छ प्यारी, नजरको जहर त्यो
Π
दुखाएर दिल यो, गयौ दूर भागी
तिमी खोज्न आँसु,बगे भइ नहर त्यो
Π
गयो दूर यात्री, कमाउन दौलत
कठै ! आज एक्लै, भयो है डहर त्यो
Π
चढेको छ जवानी, हुन्न है विवाह
मनैमा मर्ने भो, मनैको रहर त्यो
Π
निभेको दियालो, मधुर भो "प्रकाश"
अँधेरी हुने भो, हियाको ठहर त्यो
No comments:
Post a Comment