गीत :- सुकोमल ती हात...
सुकोमल ती हात समाएको छैन
यो मुटु तिमीलाई थमाएको छैन
सुकोमल ती हात..........
लाग्थ्यो रहर एकान्तमा भुल्न
समाई हात तिम्रो यता उता डुल्न
अझै सम्म तिमीलाई सताएको छैन
सुकोमल ती हात समाएको छैन.....
तिम्रै नाउँ मैले गरेँ मेरो जिन्दगी यो
ढुकढुकीले सताउँछ पागल सरी पो
तिम्रो तस्बिर मुटुबाट हटाएको छैन
सुकोमल ती हात समाएको छैन...
सुकोमल ती हात समाएको छैन
यो मुटु तिमीलाई थमाएको छैन.....
No comments:
Post a Comment