मुतकारीब १२२×४
लुटायौ जवानी शहरमा तिमीले
धनी बन्छु भन्ने रहरमा तिमीले ।।
लुकाएर पीडा रमायौ कसोरी ?
बिताएर यौवन कहरमा तिमीले ।।
सधै आँसु झार्दै सहेरै बसिछ्यौ
खुशी साथ रम्ने ठहरमा तिमीले!!
गए दूर स्वामी हराए कता खै
बस्यौ नित्य पर्खी डहरमा तिमीले ।।
गयौ दूर तिमी पियौ बिष रमाई
यहाँ मुक्ति देख्यौ जहरमा तिमीले ।।
No comments:
Post a Comment