Thursday, 23 November 2017

कविता :- "फरक स्वाद र लामखुट्टेको सोच" - प्रकाश पाठक "योगी" बच्चा देखी लिएर बूढा सम्म, कालो देखी लिएर गोरो सम्म, केटा देखी लिएर केटी सम्म, त्यो भर्खर सोह्र सत्र बर्षे युवा युवतीहरूको अनि धनी र गरीबहरूको रगतको स्वाद चाखेर म विचार गर्थेँ राम्राको रगत मिठो कि नराम्राको मिठो घुम्ने कुर्सी माथी बसेर "जर्ज" गर्थेँ.. ठूला ठूलाको रगत पनि चुस्थेँ नेताको पनि रगतको स्वाद चाख्थेँ रुख बहादुरको, घाम बहादुरको, हसिया र हथौड़ा बहादुरको, गिलास बहादुरको र विभिन्न यस्तै बहादुरको रगत चाखेर मुल्यांकन गर्थेँ म आखिर कुन बहादुरको रगतमा स्वाद छ त....? अनि फेरी आफ्नो श्रीमती घरमा छोडेर पर स्त्री र श्रीमान विदेश भएको बेला पर पुरुष सँग जोडीएर सुतेका पुरुष र महिलाको, जवानी भरीएको रगत चाखेर म जर्ज गर्थेँ आखिर किन यसरी बिग्रन्छन्....? त्यो रगत फरक छ र....? परदेशी बूढाको रगतमा जवानी छैन...? घरमा बाटो कुरेर बसेकी श्रीमतीको रगतमा जवानी र जोश छैन्....? फेरी शुक्रराज,धर्मभक्त, गंगालाल र दशरथ चन्द्र चार सपूतको रगत चाख्थेँ र विश्लेषण गर्थेँ म घुम्ने कुर्सीमा बसेर स्वाद कुनमा छ....? फलानो बहादुरको रगत चाखेँ, ढिस्काना बहादुरको रगत चाखेँ, मध्यम वर्गको रगत चाखेँ, सम्पन्न वर्गको रगत चाखेँ, विपन्न वर्गको रगत चाखेँ र विश्लेषण गरेँ किन यौटै स्वाद भएको रगत पनि अलग-अलग विचारका छन्...... ? नेताहरूको विचार फरक, जनताहरूको विचार फरक, हरेक ब्याक्तिहरूको विचार फरक अरू त अरू यौटै आमाको सन्तानको पनि विचार फरक..... सबैको रगत यौटै स्वादको छ..... तर फरक स्वाद छ त मनको विचारको सोचको भावनाको साथै पुरै मानिसको छ.....

No comments:

Post a Comment