Saturday, 11 November 2017

स्वतन्त्र गजल सर्पलाई गरूडको छायाँ परे जस्तै हुन्छु जब हुन्छ्यौ समीप तिमी मरे जस्तै हुन्छु !! साच्चै तिम्रो अधरले मेरो अधरलाई छुन्छ रोकिन्छ ढुकढुकी,मुटु पर सरे जस्तै हुन्छु !! नगिज्याउ मलाई लाज लाग्छ मरूञ्जेली झनै हातले छुदाँ काउकुती गरे जस्तै हुन्छु !! आऊ मलाई न्यानो अँगालोमा समाउ प्रिया अँगालोमा बस्दा सिधै स्वर्ग तरे जस्तै हुन्छु !! भो प्रिया अब नसताऊ मलाई चुम्बन गरेर पसिनाले भिज्ला शरीर पानी छरे जस्तै हुन्छु प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत

No comments:

Post a Comment