मुतकारीब :- १२२ १२२ १२२ १२२
गरौँ देशको ख्याल राम्रो हुने छ
बढाऔँ सही चाल राम्रो हुने छ ।।
मिची साँध भारत बढेको छ जै'ले
बनौ देशको ढाल राम्रो हुने छ ।।
लुटेकै छ टिस्टा,अझै लुट्छ होला
लगाए त पर्खाल राम्रो हुने छ ।।
घमण्डी बने हानि आफ्नै हुने हो
बरू दु:ख डर फाल राम्रो हुने छ ।।
No comments:
Post a Comment