छन्द - कालो पर्वत
सूत्र - SSS llS lSl SS
गण – म स ज गु.गु.
विश्राम – ६ अक्षरमा
आऊ कम्मर लौ कसौँन हामी
माया गर्छु सँगै बसौँन हामी
!!
बढ्दै पो छ चिसो निकै यहाँ त
ए बूढी घरमा, पसौँन हामी
!!
फोका हात भरी,छ दर्द खिल्मा
आऊ मल्हम लौ, घसौँन हामी
!!
अत्याचार गरी, सताउदा क्वै
धारीलो खुकुरी, धसौँन हामी
!!
हेर्छन् सत्रु यहाँ, लुटेर खान
कालो नाग बनी, डसौँन हामी
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment