Wednesday, 1 November 2017

स्वतन्त्र गजल ज्योतिषले पनि मेरो आयू कम देखायो डाक्टरलाई देखाएँ विमार दम देखायो । बर्षौ पछि भेट भो लाहूरे साथीसँग आज खाऊँ कि नखाऊँ म साथीले रम देखायो । जब धोका पायो उस्कै प्रेमीकाबाट मित्रले उसले प्रियालाई नै मार्छु भन्दै बम देखायो । देशको भलो चाहादा चाहदै शहीद भए कैँयौ परिवर्तन ल्याउने भनि कविले कलम देखायो । आफ्नै साथीले धस्यो छुरी छल गरी पिठ्यूँमा बरू सत्रुले लगा भनेर मलाई मल्हम देखायो

No comments:

Post a Comment