स्वतन्त्र गजल
तिम्रो बिहे पछि हातमा चुरा घाँटीमा पाेते हुने छ
समाजमा इज्जत राख्न तिम्रै छाेरा गाेथे हुने छ ।
नानाभाती कुरा गर्दै हिड्यौ भने समाजमा
फेरी तिम्रै नाम परिवर्तन भैँ बाते र ओठे हुने छ ।
यहाँ खेलाडी हूँ भन्छन् महाशयहरू खेलको
आऊ खेल्नलाई खेल,अब बागगोटे हुने छ ।
यौटा सुचना ताजा साँगसब्जी खान चाहेमा
घरको करेसाबारीमा बिऊ मात्र रोपे हुने छ ।
छ चञ्चल मन चढेको छ अझैँ बैश तिम्रोनि
म बोल्दिन क्यै यो ओठमा तिम्रो ओठ डोबे हुने छ
No comments:
Post a Comment