"स्वतन्त्र गजल"
मनमा छ अनेकौँ चाहा बताऊँ कसोरी
कोमल छन् ती अङ्ग म समाऊँ कसोरी
!!
दुख्ला झैँ गर्छ्यौ सधै हरेक स्पर्शमा
अधरमा अधर जोड्न सघाऊँ कसोरी
!!
म चाहन्छु चुम्न "ती"हरेक अङ्गहरूमा
नाई नभन मनको वेग हटाऊँ कसोरी
!!
शिशिर यामको वृक्ष झैँ भएछु स्वयम्
कठै ! तिमीलाई दोष लगाऊँ कसोरी
!!
छौ अङ्गालोमै तर पनि मान्दिनौ किन
हे दैव मैले तिमीलाई रिझाऊँ कसोरी
!!
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल:- चेन्नई भारत
No comments:
Post a Comment