"स्वतन्त्र गजल"
अनेकौँ कुरा छन् घटाउन गाह्रो
र तिम्रो दिलैमा अटाउन गाह्रो
!!
कसोरी बताऊँ सताएछ जाद्रै
छ खाटो हियामा हटाउन गाह्रो
!!
यता हेर्छु उस्तै दुखेको कथा छ
खुशीसाथ रात यो कटाउन गाह्रो
!!
चस्किन्छ घाउ बिगतको मुटु भित्र
यादले मार्न खोज्छ खटाउन गाह्रो
!!
छाती मेरो भतभति पोल्दा रातीमा
मर्छु भन्ने पीर छाती ठटाउन गाह्रो
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment