Tuesday, 10 October 2017
सधै झै मुक्तक पाठशालामा हुने मुक्तक सवाल जवाफमा आज पनि [ श्याम किराँति र प्रकाश पाठक "योगी" बिच भएको मुक्तक सवाल जवाफ यस प्रकार छ !! नेता :- प्रकाश पाठक "योगी" ना.न.पा-१० जगतपुर चितवन हाल :- चेन्नई दक्षिण भारत जनता :- श्याम किराँति उदयपुर पंचावती ४ नेपालटार हाल: मलेसिया मुक्तक :- १ देश बनाउछु,बस्ती बनाउछु भोट दिनु मलाई चुनाव चिन्ह बुझि राखौं सजिलो छ हैं सलाई जनताको दु:ख,समस्या हेरेको छु सदैव मैले आफ्नो सत्ता उठाउनु छ अरूको सत्ता ढलाई प्रकाश पाठक "योगी" मुक्तक :-१ देश होइन बनाउँछौ त गाउँ बस्ती उजाड!! भोट माग्न आउने बेला गर्छौ तँ छाड म छाड!! तिमी जस्तो धोकेवाज लाई मरे भोट दिइदैन, घर दैलोमा आयौ भने खुस्काइ दिउँला ढाड!! श्याम किराँति मुक्तक :-२ थाहा छ आजकल किन रिसाएका छौं बिपक्ष पार्टीकालाई बिन्ती बिसाएका छौं पैसा दिएर भोट माग्छन् उनिहरु सबैसँग मैले पैसा नदिँदा सम्बंधनै चिसाएका छौं प्रकाश पाठक "योगी" मुक्तक :-२ ढाँट्नुको नि हद हुन्छ बुझिराख्या छौँ!! बेफुर्सदी आदत हुन्छ बुझिराख्या छौँ!! जब जित्छौ चुनाव तिमी सहर छिरेपछी, गाउँ फर्किन झन्झट हुन्छ बुझिराख्या छौँ!! श्याम किराँति मुक्तक :-३ चारैतिर झलमल भो मेरो सरकार आएपछि जनताहरु गौरवान्वित छन् भत्ता पाएपछि तिमीले अरुको गुणगान गाउनु स्वभाविक हो कुकुर पुच्छर हल्लाउछनै सत्रुकोनि खाएपछि प्रकाश पाठक "योगी" मुक्तक :-३ सोह्र घन्टा लोडसेडीङ भो तिम्रै सत्ता आए पछी!! कालिकोटमा भोकभोकै छन् तिम्रै भत्ता पाए पछी!! गौरवान्तित तिमी छौ भ्रष्टाचारि खोल ओढेर, किर्ना जस्तै ढाडीएछौ हाम्रै रगत खाए पछि!! श्याम किराँति मुक्तक :-४ जनतालाई भरीभराऊ झोली चाहिन्छ ढिला होईन आजै वा भोली चाहिन्छ परिश्रम गर्ने रति हैनन् आशामा बस्ने मिठा मिठा पकवानको सोली चाहिन्छ प्रकाश पाठक "योगी" मुक्तक :-४ सत्ता खारेज भत्ता थाइ हाम्रो नेपालमा!! जनता भोकै नेता को खाइ हाम्रो नेपालमा!! टुलुटुलु हेरिरहन्छु एक्लै के गर्नु र कठै, बाघको छाला स्यालको रजाइँ हाम्रो नेपालमा!! श्याम किराँति मुक्तक :-५ बोल्न पैसा लाग्दैन बोलौं मजाले पेटको कालो मैलो खोलौं मजाले सत्तामा गएँ खान्छन् भन्ने सोच छ नकरात्मक सोच झन् घोलौं मजाले प्रकाश पाठक "योगी'' मुक्तक :- ५ जस्तो देखेँ त्यस्तै भन्छु माफ गर्नुहोला!! भ्रष्टाचारिको जरो खन्छु माफ गर्नुहोला!! देशको ढुकुटीमा हालिमुहाली गर्नेहरु हो, परि आएँ म नै भैरव बन्छु माफ गर्नुहोला!! श्याम किराँती मुक्तक :-६ अरे तिम्रो भैरवरुप साईँलीको भट्टीमा देखिन्छ यो गर्छु उ गर्छु भन्नेहरुनै सधै मातमा भेटिन्छ देशको चिन्ता होईन रक्सी खाने पैसामा बिक्छौ भन्दै हिड्छौ कुन पाटीले लौ कति रुपैया दिन्छ प्रकाश पाठक "योगी" मुक्तक :-६ भन्नेहरुले भन्दा रहेछन् सजिलै सँग!! आफू असल बन्दा रहेछन् सजिलै सँग!! किन जान्छ भट्टी भित्र बुझ्दै नबुझी, ट्वाकेन्द्रमा गन्दा रहेछन् सजिलै सँग!! श्याम किराँती, मुक्तक :-७ जाँड खाएर बाटोमा लेडका थियौं आफ्नै मलमुत्रमा नै गडेका थियौं किन तर्कन खोज्छौं अहिले तिमी यस्तो लाग्थ्यो गनाएर सडेका थियौं प्रकाश पाठक "योगी" मुक्तक :-७ बोले हुन्छ बोल्नलाई पैसा लाग्दैन अरुप्रति बोल्दा दया माया जाग्दैन खसालेर बोल्ने त समाजको बानी अँहङ्कारी बसे पछि बानी भाग्दैन श्याम किराँति धन्यवाद. !!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment