"स्वतन्त्र गजल"
कहिल्यै पुरा नहुने यो रहर उस्तै छ
नदीको आशमा बस्ने बगर उस्तै छ
!!
यसै कहाँ पाईन्छर फल सफलताको
शिखरमा पुग्ने कठिन सफर उस्तै छ
!!
कसैले चोट दिएको थियो बिगतमा
जोड्दिन फेरी सम्बन्ध डर उस्तै छ
!!
मनले चाहे चारैतिर भेटिन्छ भगवान्
मैले पुज्ने मन्दिरको पत्थर उस्तै छ
!!
बर्षौ बितेछन् मैले कमाउन थालेको
तर पनि खरकै छानो र घर उस्तै छ
प्रकाश पाठक "योगी"
No comments:
Post a Comment