"हाईकूहरू"
गंगा झैँ बगोस्
वचन सदैव है
सफा मन भैँ
अधेरी रात
मन्द मन्द पवन
प्रियाको साथ
चलेको छ है
सम्बन्ध हाम्रो बनी
खोली बगर
मुहार तिम्रो
वर्णन म के गरूँ
चन्द्रमा झैँ छ
बर्खे खोला त्यो
महासागर ठान्छ
बिपरीत् बुध्दि
बनेछ गीत
न्याउली रोयो बन
मेरै त्यो प्रित
वसन्त ऋतु
छैन प्रियाको साथ
"योगी'' हरायो
खबर सुने
तिम्रो विहेको मैले
दर्कियो झरी
पाईन माया
त्यसैले म भा'को छु
पतझर् रूख
पर्खेर बसेँ
मिलन होला भन्दै
नदी कुरेर
फर्किएन है
परदेशी कहिल्यै
आँधी हुरी भो
उराठ मन
प्रियाको आयो याद
झरी पर्दा त
वनको चरी
वनमै रमाउँछ
खोल पिँजडा
प्रकाश पाठक "योगी"
No comments:
Post a Comment