Friday, 17 November 2017
"मुक्तकहरू" (१) झर्यो कमाउन "मदन" खासामा झर्यो टन्न हुन्छ धन भन्ने अभिलाषामा झर्यो विदेशीहरूले यस्तै खबर बताए सधै छोडेर मुना, धनी बन्ने आशामा झर्यो (२) आई रहन्छ उतार चढाब जिन्दगीमा यार परि रहन्छन् दु:ख र पीडाहरू बारम्बार हरेस नखाई चल्ने शिखरमा पुग्छ जै'ले लड्खडाए पनि कदम चाल्नु पर्छ लगातार (३) बरू सदाको लागी सत्रु ठानेको भए हुने मोहीनी लगाई टुना गरी बानेको भए हुने एक्कासी राम्रो हुन्न भन्छ्यौ सम्बन्ध हाम्रो बोल्नुपूर्व छुरा मुटुमा सिधै हानेको भए हुने (४ रातो साडी लगाएर कता हिड्यौ तिमी चिईङ्गम पनि खाएर कता हिड्यौ तिमी म भने मरी हत्ते गर्ने तिमीलाई पाउन अर्कैलाई समाएर कता हिड्यौ तिमी (५) मैले पनि के जिस्क्याएँ दिल दिएर मरी मेरै मायामा सियो झैँ ऊ त खिएर मरी भेट्न जाँदा छोराछोरी देखेँ म फर्किएँ समाचार सुन्छु ऊ त जहर पिएर मरी (६) दिल दिएर अनि मुस्कान दिएर पछि लागेँ तिम्रो म ज्यान दिएर राख्नु खस्न नदिनु माथबाट सधै सिन्दूर हूँ सम्हाल सम्मान दिएर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment