''गजल"
मेरो शरीर जिउँदो लाश बनी ढलेपछि आउनु
आफन्तले छले संगै समयले छलेपछि आउनु
आमा'बा रुनेछन् दाजुभाई जरुर रमाउनेछन्
शंख बजी मलामीको लर्को चलेपछि आउनु
कुरौटेले कुरा काटिरहन्छन मरेर गएपनि यहाँ
बेवास्ता गरेर अस्थिपञ्जर गलेपछि आउनु
सुनसान होला मेरो घर अझ अंधकारमय छ
क्रियापूत्रीको कोठामा दियो बलेपछि आउनु
त्यो पल सबै रहरहरु धुवाँ बनेर सकिनेछन्
उता तिम्रा रहर सबै फुलेर,फलेपछि आउनु
प्रकाश पाठक "योगी"
चितवन -१-जगतपुर
हाल- चेन्नई भारत
No comments:
Post a Comment