Wednesday, 22 November 2017

कविता :-

कविता :- रगत कालो हुनु पर्ने

पुरुष अनि महिला,
काला अनि गोरा,  
धनी अनि गरीब,    
तर 
गरीबीको रगत रातै छ, 
धनीको रगत रातै छ,
कालोको रगत रातै छ,
गोरोको रगत रातै छ, 
पुरुषको रगत रातै छ, 
महिलाको रगत रातै छ, 
छ सबैको रगत रातै छ         
तर  विचार किन कालो छ.....? 
रजस्वला भएको  महिलालाई दूर दूर गर्नु, 
अछुत भनेर दूर दूर गर्नु, 
भिखारि भनेर दूर दूर गर्नु, 
साच्चै विभेद हैन त......? 
समाज यति साह्रै अन्धो छ 
वा अन्धो बन्ने नाटक गर्दै छ. ?
बुझ्न निक्कै कठिन रै'छ       
कारण
विवाह पूर्व गर्भवती भएकी महिलाले भन्छिन् यो गर्भ  फलानोको हो भनेर         
तर 
समाजको नजरमा  सधै महिलाको गल्ती  ठहरीन्छ  भनिन्छ त्यो स्त्री खराब, 
कस्तो परिवार होला जन्म दिने, 
यद्यपि जहाँ पुरुष र महिला  जवानीको आवेगमा वहकीएर रहेको हुन्छ । जहाँ यौवनको  आगो ठण्डा पार्न तत्पर पुरुष  पनि  उत्तिकै तयार थियो र  महिला पनि उत्तिकै.....    आखिर किन.....?  मतभेद.........?  किन विभेद..........?  साँच्चै विभेद र मतभेद गर्नेहरूको रगत रातो होईन कालो हुनु पर्ने हो  तर  कसरी भयो रातो.......?

No comments:

Post a Comment