स्वतन्त्र गजल
उठाए यहाँ मुद्दा तर छिनोफानो छैन
बूढी पोईला गा'को कुरा हो सानो छैन
!!
कमाएको सबै धन् प्यारीलाई पठाएँ
लगिछे कुम्ल्याएर अन्नको दानो छैन
!!
भुकम्पले र बाढीले तितर-बितर पार्यो
पेटभरि खान र ओत लाग्ने छानो छैन
!!
सरकार तँ किन यसरी निदाएको छस्
ति झुपडीमा हेर अनाजको मानो छैन
!!
मेरी प्यारी को सँग पोईला गई भन्दा
भलाद्मी भन्छन् तल्लाघरे फलानो छैन
No comments:
Post a Comment