Saturday, 30 December 2017

"स्वतन्त्र गजल" देशलाई उठाएर मैले लम्किनु छ सधैँ विश्वसामू नेपाल भनि चम्किनु छ सधैँ !! लुट्छन् छिमेकीले नेपालको सिमाना फेरी लुट्छन् कि भनेर दम्किनु छ सधैँ !! बा'आमाको सेवा रति नगरेको छोरो भन्छ साहुको माखा हम्किनु छ सधैँ !! कुमाऊँ लुटिस्,टिस्टा लुटिस् छिमेकी पख अब लुट्लास् भनी बम्किनु छ सधैँ !! चोखो माया गर्दा घात दिने केटीलाई श्रद्धांजलि भन्दै पानी छम्किनु छ सधैँ प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत

No comments:

Post a Comment