"स्वतन्त्र गजल"
विचार गम्भीर सोच फरक बताएर मर्नु छ
मेरो नाम इतिहासमा अब लेखाएर मर्नु छ
!!
देशको खातिर मरे लाखौं सपूत छाती थापी
कायर भै भाग्नु भन्दा हतियार समाएर मर्नु छ
!!
खाईंसके भ्रष्टाचारिले खण्ड खण्ड गरी देश
सामन्तीलाई मास्ने ठोस कदम उठाएर मर्नु छ
!!
देशको हालत देखि निदाएका युवा हामी
भावी सन्तानलाई भने छिट्टै जगाएर मर्नु छ
!!
उठाएर सकरात्मक विचार देशको बारेमा
हिमाल,पहाड साथ-साथ तराइँ धाएर मर्नु छ
No comments:
Post a Comment