Tuesday, 2 January 2018
"मुक्तक" परार कसैलाई ढाँटेर दशैं मनाईयो पोहोर काँचै धान झाँटेर दशैं मनाईयो घाँटी हेरेर हाड निल्नै पर्ने रहेछ यहाँ र त यो साल फर्सी काटेर दशैं मनाईयो "मुक्तक" बाचा कसम कता छुटे देउरालीका सम्बन्ध पलभरमै टुटे देउरालीका मैले भगवान्लाई साक्षी राख्या छु ति ढुङ्गे द्यौता कता फुटे देउरालीका "मुक्तक" तिमीलाई जून, सुन, धून के के भने भने कसैले त चिनी,मिश्री,नून के के भने भने लगाईछ्यौ मोहनी दुनियाँ सारालाई यहाँ श्वास,ढुकढुकी अनि खून के के भने भने "मुक्तक" छुटाएर मुटु अन्तै जोड्यौ औधी पीडा भो छिट्टै नाता हाम्रो तोड्यौ औधी पीडा भो सारेर मेरो मनको बागमा प्रेमको विरुवा पराईको 'मुना' ती गोड्यौ औधी पीडा भो मुक्तक बोल्नै पर्दैन बुझ्छु म, आँखा मारे पुग्छ खोल्नै पर्दैन मुख तिम्रो केश सारे पुग्छ राजी छैनौ भने कपट नगरे प्रिय तिमी घोल्नै पर्दैन जहर यहाँ आँसु झारे पुग्छ "मुक्तक" चट्याङ्ग परेझैँ हुन्छ,तिमी पर पर सर्दा आकाश झरेझैँ हुन्छ, पराइ जस्तै गर्दा आखिर के बुझेर यो मुटु थमाएँछु मैले मुटु यो सरेझैँ हुन्छ,आँसु अविरल झर्दा !! प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर हाल-चेन्नई भारत
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment