स्वतन्त्र गजल
भन्दैछ सहिदले नेपाल यो नेपाल रहेन
बाबु मरे पछी छोरोले भन्छ बाल रहेन
!!
यति सम्मको पीडत मैले देखेकै थिईन
दाइले भन्छ पाहुना आउनाले दाल रहेन
!!
परदेशी भयो,धेरै थोरै धन कमायो दाइले
भाउजूको ओहो! यता निको चाल रहेन
!!
सानोमा सबै मिली रमाउने गर्थ्यौ तासमा
जवानी चड्दा जिम्मेवारी बढ्दा खाल रहेन
!!
जसो-तसो जोगाए प्राकृतिक सम्पत्ति बाजेले
छोरा नातीको पालामा नदी अनि ताल रहेन
प्रकाश पाठक "योगी"
No comments:
Post a Comment