Tuesday, 2 January 2018

▶"नेपाली साहित्य मन्दिरको घण्टी"◀ केहि मैना अगाडी नेपाली साहित्यकै बारेमा लेख्न मन लागेको थियो र केहि लेखेको थिएँ भने आज पनि केही लेल्न मन लाग्यो । नेपाली साहित्यलाई हेर्ने हो भने चारैतिर भयावह छ, साहित्यको उर्लिदो बर्षे भेल नै बनेर आएको छ भन्दा पनि फरक नपर्ला । नेपाली साहित्यमा अचानक यस्तो आँधी आउनुको कारण के हो त? कुरा भने गम्भीर नै छ ।सामाजिक संञ्जाल फेसबुकको आँकड़ा सरासर हेर्ने हो भने नेपाली साहित्यमा कलम चलाउनेहरु अन्दाज ९०% नै होलान जस्तो लाग्छ । कोही मुक्तक त कोही गजल बिधामा बढि कलम चलाएको भेटिन्छ । यसरी नेपाली दाजुभाइ/दिदीबहिनीहरूले साहित्य बिधालाई माया गर्नु नेपाली साहित्यिकारहरुको लागि खुशीको कुरा बनेको छ । नेपाली साहित्यमा अचानक बाढी आउनुको मुख्य कारण के हो त? के पाठक वर्गहरूले माया गरेर हो त? कि सामाजिक संञ्जालमा चर्चा पाउन अथवा स्टाटसको रुपमा राखेर समय ब्यातित गर्न? म अन्यौलमा छु । हुन त म कुनै साहित्यिकार होईन एउटा कुशल पाठक हुँ र साहित्यलाई माया गर्छु अनि केहि बिधाहरूमा कलम चलाउँछु ।यसैक्रममा साहित्य सम्बधि मनमा उठेको प्रश्नको उत्तर खोज्ने क्रममा कैंयौ यस्ता प्रश्न उठे त्यसको जवाफ कतै चित्त बुझ्दो भेटिन । गजल एउटा बिवादित बिधा हो भनेर सुन्दै आएँको थिएँ यसैमा एउटा प्रश्न उत्पन्न भयो :- आखिर किन बिवादित बिषय बन्न गयो त गजल? कहां चित्त बुझेन कस्लाई र बिवादित बन्न पुग्यो?मेरो मनमा पनि गजलको बारेमा थोरै गुनासो थियो र हिजो स्टाटस पनि राखेको थिएँ तर उचित जवाफ पाउन सकिन ।कुरा गजलमा #तकाबुल ए रदीफ़ दोष बारेमा थियो! कतिपय गजलकारहरूले भने तकाबुल दोष भनेर मान्दिन भन्नु भयो त कतिपयले भन्नु भयो तकाबुल दोष गजलमा नलेखौ यस्तो स्थितिमा गजलमा बामे सर्दै गरेको सिकारू मित्रलाई कस्तो असर पर्ला त कुरो गम्भीर नै छ ।। "तकाबुले रदीफ दोष" -------------------- मतला बाहेकका अन्य शेर हरूमा मिसरा ए उलाको अन्तमा मिसरा ए सानीको रदीफ पुरै दोहोरिएमा अथवा अन्तिम अक्षर अनुप्रास मिल्ने भएमा तकाबुले रदिफ दोष हुन जान्छ । यस्तो दोष दुई प्रकारको हुन्छन । १)पुरै रदिफ नै मिसरा ए उलामा दोहोरिएको अबस्थामा हुन जाने तकाबुले दोषलाई "लाज्तमा-ए-तकाबुल-ए-रदिफैन" भनिन्छ । २) मिसरा ए उलाको अन्तिम अक्षर र रदीफको अन्तिम अक्षर दोहोरिन गएमा अथवा उलाको अन्तिम अक्षर को स्वर रदीफको स्वरान्त संग मेल खाएमा हुन जाने तकाबुले दोषलाई "लाज्तमा-ए-जुज्ब-ए-रदीफैन" भनिन्छ । उदाहरणको लागि लेखिएको तलको गजलमा हेरौं। जलेको थियो मन खरानी भएछ अहो क्या गजबको निशानी भएछ बुझें प्राण आफ्नो बिरानो (भएछ) = #दोष_१ त्यसैले जहर जिन्दगानी भएछ रुने गर्छु राती म तारा गने(र) = #दोष_२ यसैमा म रम्दै छु बानी भएछ उसैले अझै चोट मनमा दिँदै(छ) = #दोष_२ भुलौं भुल्न गाह्रो कहानी भएछ ----------------------------------------- काफिया- खरानी कहानी जिन्दगानी बानी निशानी रदिफ- भएछ ----------------------------------------- -दोस्रो शेरमा रदिफ पुरै दोहोरिएको छ त्यसैले यो तकाबुले रदीफ दोष भयो। -तेस्रो शेरमा उलाको अन्तिम वर्ण रदिफको अन्तिम वर्ण संग समतुकान्त भयो त्यसैले यो तकाबुले रदीफ दोष भयो। -चौथो शेरमा उलाको अन्तिम वर्ण र रदिफको अन्तिम वर्ण उही दोहोरिएको छ। यो पनि तकाबुले रदीफ दोष भयो। *नोट:- यो तकाबुले रदीफ दोष बहरे गजलमा मात्र नभएर गैर बहरे गजलमा पनि हुन जान्छ । कुरा सामान्य छ ध्यानमा राख्न सकियो भने आफ्नो गजल दोष मुक्त बनाउन सकिन्छ । यसरी तकाबुल रदीफ दोष भनेर नियम बनाएको भेटियो यदि यो नियम छ भने कतिपय गजलकारहरूले तकाबुल ए रदीफ दोष मान्दिन भन्नु हुन्छ किन मान्नु हुन्न त तकाबुल दोष ? जताततै चर्चा परिचर्चा मात्र छ तर ठोस कुरा कतैबाट आएन न त अग्रजहरू नै बोल्नु हुन्छ न त अरुजहरूनै बोल्नु हुन्छ गजलको बारेमा । नेपाली साहित्यमा अग्रज अरुजहरूनै मौन हुनाले नेपाली साहित्य एक "मन्दिर बाहिरको घण्टी"बन्न पुगेको देखियो जो आयो बजायो गयो जस्ले पनि साहित्यको नाममा केही कोर्यो चाहे भावाना कोरेर गजल भनोस चाहे मुक्तक कोरेर कविता यहाँ कसैलाई चासो छैन् बजाउनेले बजाउदै छ सुन्नेले सुन्दै छ तर कुन रुपको बजाईं हो कसैलाई चासो भएन यसै कारणले गर्दा नेपाली साहित्यमा ठुलो भेल आउन पुग्यो । के नेपाली साहित्य यति धेरै सस्तो हुनु ठिक हो? यस्को कुनै दायरा छैन्? आखिर किन "नेपाली साहित्य मन्दिरको घण्टी" बन्न पुग्यो त? यसको जवाफ कस्ले दिने? म मेरो नजर भन्दै छु :- नेपाली साहित्य र मन्दिरको घण्टी एउटै लाग्न थाल्यो नबजाऊँ भने बजाऊँन मन लाग्ने बजाऊँ भने बेअर्थमा के बझाऊँ अन्योलता मात्र । साहित्यमा यस्तै बिवाद र अन्योलता रहने र साहित्यको बिवादको कुनै ठोस निचोड़ ननिकाल्ने हो भने भाविका पिडीहरुले साहित्यबाट के सिक्लान् र के गर्लान साथै साहित्यले कुन मोड लेला त? सोच्न बाध्य गराउँछ! यदि साहित्यको यस्तो स-साना कुराहरूलाई ध्यान दिएन भने पक्कै पनि विकराल रुप नलेला भन्न सकिदैन् ।कहिले काफीया, कहिले रदीफ़ त कहिले तकाबुल ए रदीफ़ दोष यसरीनै बिवादको बिषय बन्दै जाने हो भने नेपाली साहित्यले विकास गरेको र फड्को मारेको साथै उर्लदो रूप भनेर भने पनि चिन्ताको बिषय चै पक्कै हो ! सरासर हेर्दा नेपाली साहित्यका अग्रजहरु अरुजहरू यस्तो बिवाद आउदा पनि चुपचाप आगो तापेर बसेको देख्दा निक्कै चिन्ताको बिषय बनेको छ र मनमा एउटै प्रश्न चलिरहेको छ कतै नेपाली साहित्यमा पनि राजनीति त छैन्?? जय नेपाली साहित्य !! धन्यवाद

1 comment:

  1. सुन्दर कुरा गजल माथीको सुत्र । यस्तो लेख अझै यस्तै संजालमा आइ रहोस् । दोस छ जान्कारी नभएर । र जान्नु आवश्यक छ । र गल्ती कसरी भो र यस्को सुधार र यथार्थ के क ख सिकाए जस्तै साहित्य warnamaala आयो भने शुधार अवश्य छ । जान्नेले सरल तरिकाले बुझाउन सकियो भने अव्श्री नेपाली साहित्य सुन्दर बन्ने छ ।

    ReplyDelete