Tuesday, 2 January 2018

"स्वतंत्र गजल" १ आखिर देह छोडी खास जादैन कतै मानिसहरूको यो श्वास जादैन कतै !! हिजो सम्म रमाएर दौडिरहन्थ्यो हेर मरे पछि किन होला लाश जादैन कतै !! काम धन्दा केहि छैन खाली घर बस्छ बा'ले भन्छन् यो बदमाश जादैन कतै !! किन डराएकी तिमी? ढुक्क हुनु अब मेरो दिल भयो तिम्रो दास जादैन कतै !! विश्वास छ वा छैन अन्जान छु म तर राख "योगीलाई"आशपास जादैन कतै !! "श्रृगारीक" गजल _२ बोल्दा-बोल्दै सत्य कुरा चाँही लुकाएर मरी यस्सो मलाई हेरी अनि आँखा झुकाएर मरी !! बन्द कोठा केवल हामी दुई मात्र थियौं त्यहाँ मेरै अगाडी चोलीको तुनाहरू फुकाएर मरी !! चिड्चिड भयो शरीर,छुट्न थाले है पसीना खुल्ला त्यो वदन देखाएर चुक-चुकाएर मरी !! अहो ! त्यो दृश्य म वर्णन गरौं कसरी हजुर नौजालेले मेरो ओठ मुख पुरै सुकाएर मरी !! न समीप बस्छे, न मलाई अंगालोमा नै कस्छे कसम यहाँ बिरालोले दूध ढुके झैँ ढुकाएर मरी "स्वतंत्र गजल"-३ सुत्केरी छिन् श्रीमती ज्वानो झान्नु छ हजार रुपैयाले घर खर्च सबै धान्नु छ !! रातो भाले काट्कुट,आजै पार्छु मैले श्रीमतीलाई झोल मैले चौटा छान्नु छ !! बाल्छु आगो,तताउँछु तेल पख छोरा लगाइ तेल हातगोडा तनक्क तान्नु छ !! लाग्छन अरे भुत पिचास बच्चालाई धामी दाइको कुरा जति सबै मान्नु छ !! हिजो बाँजी आईमाइ होस भन्नेलाई सुन बूढी आज त झापड हान्नु छ प्रकाश पाठक "योगी"

No comments:

Post a Comment