"गजल"
बस्यो माया गाढा भुल्नै गाह्रो भो
तिमी सामु सिधै खुल्नै गाह्रो भो
!!
घरमा छ बूढी पीडा कति मलाई
केटी समाई बजार डुल्नै गाह्रो भो
!!
मनमा माया कति हो कति लाग्छ
डरले गर्दा दिलमा हुल्नै गाह्रो भो
!!
कोपीलामा सिमित रहने भो माया
तिम्रो मनको बागमा फुल्नै गाह्रो भो
!!
सुनेँ खबर तिम्रो घरवार भयो भनि
छरपस्ट भए आँसु बटुल्नै गाह्रो भो
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment