गजल
दुखाएर दिल यो रमायौ मजाले
अरू सङ्ग नाता जमायौ मजाले
!!
तिमी यो हियामा बसेकी थियौनि
हिया भित्र घाउ थमायौ मजाले
!!
सधै रम्छु भन्थ्यौ अकेलै अकेलै
धनाढ्य पुरूष पो समायौ मजाले
!!
अमीर भै खुशीले हिडेकी छु भन्थ्यौ
गर्यौ बैँश बिक्री कमायौ मजाले
!!
चकित छन् हजारौँ विहे भो हजुरको
मिलेको छ जोडी घमायौ मजाले
बहर :- मुतकारिब
सूत्र :- १२२×४
विश्राम :- ६ अक्षरमा
No comments:
Post a Comment