मुतकारिब १२२×४
बगायो नयनले अचानक यि आँसु
यहाँ दिल दुखाई कसोरी म हाँसु
!!
न बस्यौ हियामा न बन्यौ पियारी
छ तस्बिर चिनो याँ म फालूँ कि टाँसु
!!
दुखाउन्न यो दिल कदाचित् अवश्य
बरू यादलाई सँगालौ कि नाँसु
!!
झझल्को उसैको छ छोडी गए'नि
हजार छन् चिनो ती म राखौँ कि माँसु
!!
छु हैरान जै'ले बिमारी भएर
यहाँ मौन धारण मरौँ या त काँसु
No comments:
Post a Comment