"स्वतन्त्र गजल"
मन्द-मन्द मुस्कान छर्दै आयौ दङ्ग परेँ म
बिस्तारै मै तिर नै सर्दै आयौ दङ्ग परेँ म
!!
कोशेली के ल्याइछौ र मङ्ग छ बसाएको
सुरा त्यो गिलासमा भर्दै आयौ दङ्ग परेँ म
!!
केही भएको छैन मलाई भन्दा पनि मैले
हरेक अँगहरू जाँच गर्दै आयौ दङ्ग परेँ म
!!
एकाएक उतार्यौ मेरा शरीरका सबै वस्त्र
सबै अँगको इज्जत हर्दै आयौ दङ्ग परेँ म
!!
चुपचाप म बस्नु रैछ तर बढी बोलेछु मैले
र त परैबाट आँखा तर्दै आयौ दङ्ग परेँ म
▶प्रकाश पाठक "योगी"◀
▶भरतपुर २३ जगतपुर ◀
▶हाल :- चेन्नई भारत ◀
No comments:
Post a Comment