[ प्रतियोगि मुक्तक ]
''मुक्तक'' :- १
बुढा भएका आमा-बालाई वृद्धाश्रममा छोड्न थाले
प्रगाढ़ ती सम्बन्धहरू, सदाको लागि तोड्न थाले
संसार चिनाउने बाबा आमा अब घाँडो हुन्छ भन्छन्
बुहारी त परै जावस् छोराले’नि बाटो मोड्न थाले
"मुक्तक":- २
धिक्कार छ जिन्दगी भन्दै रुन्छु परदेशमा
हो दिन रात साहुको पाउ छुन्छु परदेशमा
बिरामी छन् आमा भनी फोन आउदा पनि
जानै पाउदिन म घर बेहाल हुन्छु परदेशमा
माता:- टिका माया पाठक
पिता :- भिम बहादुर पाठक
नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर,
गौचरन
हाल :- दक्षिण भारत चेन्नई
मो.न :- ९९६२६४०५७५
No comments:
Post a Comment