बहर :- मुतकारिब
सूत्र :- १२२/१२२/१२२/१२२
विश्राम :- ६ अक्षरमा
"गजल"
समाएर झोला हिड्यौ है पियारी
अधरमा छ लाली कताको सवारी
!!
हिडेको छु तिम्रै हियाको डगरमा
लगी राख ढोका मनैको उघारी
!!
लुट्यो है छिमेकी कुमाऊँ र टिष्टा
छ रूँदै सिमाना नेपाली पुकारी
!!
म खोज्दै थिएँ त्यो छुटेको सहारा
भन्यौ ढुक्क सङ्ग मलाई भिखारी
!!
बढी सुन्छु हल्ला पियारी यहाँ म
छ बाँझो अरे त्यो पखेरो र बारी
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment